नेपालगन्ज भन्सारद्धारा उत्साहजनक राजश्व संकलन

नेपालगन्ज : नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक बर्षको पहिलो महिनामै उत्साहजनकरुपमा राजश्व असुली गरेको छ । गत आर्थिक बर्षमा लक्ष्य भेटन नसकेको कार्यालयले चालु आर्थिक बर्षको श्रावणमा लक्ष्य भन्दा ७३ करोड बढी राजश्व असुली गरेको हो । कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाका अनुसार श्रावणमा ९४ करोड ७५ लाख ६ हजार रुपैयाँ लक्ष्य राखेकोमा १ अर्ब ६८ करोड अर्थात १७७ दशमलव १५ प्रतिशत प्रगति गरेको छ । यो राजश्व लक्ष्य भन्दा ७३ करोड २५ लाख बढी भएको कार्यालयले जनाएको छ ।