कोहलपुरमा २ सहित बाँकेमा थप ४ जनामा कोरोना

नेपालगन्ज : बाँके जिल्लामा सोमबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको दुई सय स्वाब परीक्षणमा कोहलपुर नगरपालिका–११ का १८ र २७ वर्षका पुरुष, नेपालगन्ज उपमहानगरपालिका–१० का ४९ वर्षका पुरुष र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालबाट स्वाब संकलन गरिएकी ४३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।