मेडिकल कलेजका २ डाक्टरसहित १४ डिस्चार्ज

नेपालगन्ज : बाँके जिल्लामा सोमबार २ जना डाक्टरसहित १४ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका दुई डाक्टर र एक नर्स रहेका छन् । बाँकेमा कूल ८ सय २९ संक्रमण भएकोमा ६ सय २८ जना निको भएर घर फर्किसकेका छन् । एक सय ९७ जना आइसोलेसनमा छन् भने ४ जनाको कोरोनाबाट ज्यान गएको छ ।