भेरी अस्पतालका फिजिसियन डाक्टरलाई कोरोना

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जका एक जना फिजिसियन डाक्टरलाई कोरोना संक्रमण भएको छ ।
अस्पतालको कोरोना प्रयोगशालामा सोमबार गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका नेपालगन्ज–१० को ४९ वर्षका पुरुष फिजिसियन डाक्टर भएको स्रोतले जनाएको छ । उनको स्वाब संकलन पनि भेरी अस्पतालमै गरिएको थियो ।
त्यसैगरी नेपालगन्जको निजी कोरोना प्रयोगशाला बागेश्वरी डायग्नोस्टिक एण्ड पोलिक्लिनिक सेन्टरमा पनि सोमबार थप २ जना व्यक्तिलाई कोरोना संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । नेपालगन्ज–१० का ३३ वर्षका पुरुष र नेपालगन्ज–११ का २७ वर्षका पुरुष हुन् । योसँगै नीजि प्रयोगशालाबाट कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६ पुगेको छ । बाँके जिल्लामा भने कोरोना संक्रमितको कूल संख्या ८ सय ३५ पुगेको छ । कोरोना जितेर ६ सय २८ घर फर्किसकेका छन् भने आइसोलेसनमा २०३ जनाको उपचार भइरहेको छ । अहिलेसम्म कोरोनाबाट बाँकेमा ४ जनाको ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *