७ डाक्टरसहित ३८ स्वास्थ्यकर्मीलाई कोरोना !

नेपालगन्ज : बाँके जिल्लामा ३८ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार मंगलबार अपरान्हसम्म ७ जना डाक्टरलाई कोरोना संक्रमण भइसकेको छ । भेरी अस्पताल नेपालगन्जका २ जना फिजिसियन डाक्टरद्वय राजन पाण्डे र संकेत रिसाललाई कोरोना संक्रमण भएको छ । नेपाली सेनाको राँझास्थित आर्मी अस्पतालका एक जना दन्त चिकित्सकलाई पनि कोरोना भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालकी बालरोग विशेषज्ञ डा.रोमा बोरासहित चार जना डाक्टरलाई पनि कोरोना भएको छ । त्यसैगरी संक्रमित हुनेमा १७ जना नर्स, ६ जना पारामेडिक्स, ७ जना सहयोगी र एक जना प्रयोगशालाका रहेका छन् ।