बाँकेमा ५१ नेपाली सेनासहित ७३ जनामा कोरोना

नेपालगन्जः बाँकेमा बुधबार ५१ जना नेपाली सेनासहित ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा २२ र बागेश्वरी पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टरमा गरिएको परीक्षणमा ५१ गरी ७३ जना संक्रमित थपिएका हुन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार बुधबार थपिएका संक्रमितहरुमा नेपाल टेलिकमका ८ जना, माछापुछ«े बैंक, पुरैना स्वास्थ्य चौकी, भेरी अस्पतालका एक/एक जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै नेपालगन्जका ६ जना, खजुरा, कोहलपुर र नरैनापुर गाउँपालिकाका एक/एकजनामा संक्रमण भेटिएको हो । बुधबार थपिएका मध्य तनहु, सुर्खेत र बर्दिया घर भएका एक/एक जना समेत रहेका छन ।
त्यस्तै कोहलपुरको बागेश्वरी पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टरमा गरिएको परीक्षणमा ५१ जना नेपाली सेनामा कोरोना संक्रमण देखिएको छ । यो संगै बाँकेमा जम्मा पोजेटिभ संख्या ९ सय १६ जना पुगेको छ । जसमध्य २ सय ५१ जना उपचाररत रहेका छन भने ६ सय ६० जना निको भएर फर्किसकेका छन । बाँकेमा हालसम्म ५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *