उप–प्रमुख गिरीमाथि अभद्र व्यवहार गर्नेलाई कार्वाहीको माग

मुरली गोडिया
गुलरिया : नेपाली कांग्रेस बर्दियाले गुलरिया नगरपालिकाकी उप–प्रमुख शुशिला गिरीमाथि अभद्र व्यवहार भएको घटनामा संलग्नलाई कार्वाहीको माग गरेको छ ।

नेपाली कांग्रेस बर्दियाले एक विज्ञप्ती जारी गर्दै बुधबार विहान उप–प्रमुख माथि भएको घटनाको घोर भत्र्सना गर्दै कारवाहीको माग गरेको हो । आफनो निवास बाट कार्यालय तर्फ जाँदै गरेकी उप–प्रमुख गिरीलाई केही उछ्श्रृंखल समुहले कार्यालयको मुल गेट बाहिर स्कुटर रोकेर अभद्र व्यवहार, गाली गलौज सहित अपशब्द प्रयोग गरेको विज्ञप्तीमा जनाइएको छ । उप प्रमुख गिरीमाथि भएको अभद्र व्यवहारप्रति जिल्ला स्थित अधिकारकर्मी महिलाहरूले खेद व्यक्त गर्दै घटनामा संलग्नहरुमाथि कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञपन–पत्र बुझाएका छन् ।