बाँकेको आइसोलेसनबाट २२ संक्रमित डिस्चार्ज

नेपालगन्ज : बाँके जिल्लाका विभिन्न आइसोलेसनबाट बिहीबार २२ जना संक्रमित डिस्चार्ज हुँदैछन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार खुला कारागारबाट ६, खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट ५, होटल सिटी प्यालेसबाट ४. लायन्स डेन्टल अस्पतालको आइसोलेसनबाट ३ जना, प्राथमिक स्वास्थ्य केन्द्र बैजनाथबाट २ जना, कृषि तालिम केन्द्र खजुरा र नेपालगन्जको आदर्शनगर आइसोलेसनबाट एक एक जना डिस्चार्ज हुन लागेका हुन् । जिल्लामा कुल संक्रमित ९ सय २० रहेकोमा बिहीबारसम्म ६ सय ८२ जना डिस्चार्ज भइसकेका छन् । आइसोलेसनमा २ सय ३३ जनाको उपचार भइरहेको छ भने कोरोनाबाट पाँच जनाले ज्यान गुमाएका छन् ।