१६ सशस्त्र प्रहरीसहित २४ संक्रमित डिस्चार्ज

नेपालगन्ज : बाँके जिल्लामा आइतबार १६ जना शसस्त्र प्रहरीसहित २४ जना डिस्चार्ज हुँदैछन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार शसस्त्र प्रहरी गुल्मका १६, होटल सिटी प्यालेस आइसोलेसनबाट ३, होटल अतिथि र खजुराको क्यान्सर अस्पतालबाट दुई दुई र इन्द्रेणी होटलबाट एक जना डिस्चार्ज हुन लागेका हुन् । १६ जना सशस्त्र प्रहरीको औद्योगिक सुरक्षा गुल्मका हुन् ।