भेरी अस्पतालमा २२ सयमा स-शुल्क कोरोना जाँच

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जमा पनि स–शुल्क कोरोना परीक्षण हुने भएको छ ।
भेरी अस्पताल विकास समितिको बिहीबार बसेको बैठकले स्वेच्छाले कोरोना परीक्षण गर्न आउने व्यक्तिका लागि दुई हजार दुई सय रुपैयाँ शुल्क निर्धारण गरेको समितिका अध्यक्ष प्रमोदकुमार धितालले एक सूचना जारी गरी जनाएका छन् । सूचनामा भनिएको छ, ‘निर्देशिकाले तोकेभन्दा बाहेकका स्वेच्छाले कोरोना परीक्षण गराउन चाहने व्यक्तिबाट प्रति जाँच दुई हजार दुई सउ मात्र लिने निर्णय गरिएको छ ।’