शुक्रबार नेपालगन्जमा थप ३ जनामा कोरोना पुष्टि

नेपालगन्ज : दोस्रो पटकको रिपोर्ट आउँदा शुक्रबार नेपालगन्जमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार बागेश्वरी डाइग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टर नेपालगन्जमा गरिएको परीक्षणमा नेपालगन्ज–१८ का २ र वडा नं. ३ का एक जना गरी ४ जना पुरुषलाई कोरोना भएको हो ।
योसँगै बाँके जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार एक सय ७९ जना पुगेको छ । कोरोना निको भइ डिस्चार्ज हुने ८ सय ३ पुगेका छन् । आइसोलेसनमा ३ सय ७० जना पुगेका छन् । कोरोनाबाट अहिलेसम्म जिल्लामा ६ जनाले ज्यान गुमाएका छन् ।