बाँकेमा कोरोना संक्रमितको संख्या १२ सय नाध्यो

नेपालगन्ज : बाँके जिल्लामा कोरोना संक्रमितको संख्या १२ सय नाघेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार शनिबार ७ पुरुष र ४ महिला गरी ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा नेपालगन्जका ५, सुर्खेतका २, जिल्ला प्रहरी कार्यालय, कोहलपुर, सुर्खेत, बर्दिया र कालिकोटका एक एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै बाँके जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार दुई सय १० पुगेको छ । कोरोना निको भएर डिस्चार्ज हुने आठ सय १७, आइसोलेसनमा ३ सय ८७ जनाको उपचार भइरहेको छ । जिल्लामा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *