राजापुरमा कुखुरा मासु किलोको १८० रुपैयाँ !

ब्रोइलर कुखुरा काट्दै मासुमा व्यवसायी गोविन्द चौधरी । फोटो : शक्ति परियार

शक्ति परियार । राजापुुर
बर्दियाको राजापुर नगरपालिका क्षेत्रमा ब्रोइलर कुखुराको मासुमा व्यवसायीको मनोमानी छ । काटेको कुखुराको मासु नै एक सय ८० रुपैयाँमा बिक्री हुन थालेको छ ।
राजापुर नगरपालिका–४ का मासु बिक्रेता गोविन्द चौधरी भन्छन्, ‘मैले जिउँदो कुखुरा किनेर प्रति किलो ३ सय रुपैयाँमा बेचिरहेको छु । अरुले त एक सय ८० रुपैयाँमा बिक्रि गरेका छन् । आफ्नै फर्मको कुखुरा भएर हो कि ?’
एक सय ८० रुपैयाँमा कुखुराको मासु बिक्री हुन थालेपछि कुखुरा व्यवसायीले भने मारमा परेको गुनासो गरेका छन् । राजापुर बजारमा कुखरापालन गर्दै आएका टीकाराम रेग्मी भन्छन्, ‘दुःख गरी कुखरापालन ग-यो । केही व्यापारीको मनोमानी दररेटमा मासु बिक्रि गर्दा व्यवसाय नै धरापमा पर्ने खतरा छ ।’