बर्दियामा थपिए ६ संक्रमित

गुलरिया : बर्दियामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला प्रशासन कार्यालय बर्दियाका अनुसार शनिबार जिल्लाका विभिन्न स्थानका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा भएको परिक्षणमा गुलरियाका ३ र राजापुर, बाँसगढी र बढैयातालका १/१ जना गरी ६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको हो । शनिबार पुष्टि भएका संक्रमितहरुमा गुलरिया नगरपालिका वडा नम्वर ५ का २ जना महिला र ६ का एकजना पुरुष हुन भने राजापुर नगरपालिका वडा नम्वर ८का एकजना पुरुष, बाँसगढी ९ र बढैयाताल ५ का एक/एक जना महिला रहेका छन ।
यो संगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ३ सय ६४ पुगेको छ भने जिल्लामा हालसम्म ३ सय ९२ जनाले कोरोना जितेर घर फर्किसकेका छन । बर्दियामा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *