नरैनापुरका १ सहित बाँकेमा ८ संक्रमित डिस्चार्ज

नेपालगन्ज : बाँके जिल्लामा आइतबार ८ जना डिस्चार्ज हुँदैछन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार डिस्चार्ज हुनेमा ६ जना महिला र दुई पुरुष रहेका छन् । जसमा लामो समयपछि कोरोना संक्रमण देखिएको नरैनापुर ५ का २५ वर्षका एक जना पुरुष डिस्चार्ज हुँदैछन् । उनी नेपालगन्जको आदर्शनगरस्थित एनआइडीसीको आइसोलेसनमा बसेका थिए । त्यसैगरी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको चिसापानी आइसोलेसनबाट ५ जना, आदर्शनगर आइसोलेसनबाट २ जना, इन्द्रेणी होटलको आइसोलेसनबाट एक जना रहेका छन् । योसँगै बाँके जिल्लामा कोरोना निको भएर जानेको संख्या ८ सय २५ पुगेको छ । आइतबार बिहानसम्म एक हजार दुई सय १० जना संक्रमित रहेकोमा ३ सय ७९ जना आइसोलेसनमा छन् । कोरोनाबाट ६ जनाको ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *