बाँकेमा ३८ जना संक्रमित थपिए

नेपालगन्ज : बाँकेमा आइतबार ३८ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार खजुरामा गरिएको परीक्षणमा ३२ जनामा संक्रमण पुष्टि भएको हो । भने बाँकी ६ जना विभिन्न स्वास्थ्य संस्थामा उपचाररत रहेका व्यक्तिहरु हुन् । संक्रमण पुष्टि भएका मध्ये खजुरामा कार्यरत जिल्ला प्रहरी कार्यालय अन्तगर्तका ११ जना प्रहरीसमेत छन् । भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा गत २४ घण्टामा ३ सय १३ जनाको परीक्षण गरिएकोमा बाँकेका ३८ र बर्दियाका ४२ गरी कुल ८० जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै बाँकेमा कुल संक्रमितको संख्या १ हजार २ सय ४८ पुगेको छ भने ८ सय २५ जना निको भएर घर फर्किएका छन् । हाल जिल्लाका विभिन्न आइसोलेशनमा ४ सय १७ जना उपचाररत रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *