बाँसगढीको चौधरी ग्रुप (सिजी) का ४२ जनामा कोरोना

गुलरिया : बर्दियाको बाँसगढीमा सञ्चालित चौधरी ग्रुप (सिजी फुड्स) का ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार आइतबार उद्योगका ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये २९ पुरुष र १३ महिला रहेका छन् । भेरी अस्पताल नेपालगन्जको कारोना प्रयोगशालामा गरिएको पीसीआर परिक्षणमा आइतबार संक्रमण पुष्टि भएकाहरु उद्योगको चाउचाउ कारखानामा कार्यरत मजदुरहरु हुन । जसमध्य ३४ जना बाँसगढीका र ४ जना बढैयातालका गरी ३८ जना बर्दियाका हुन भने अन्य ४ जना विभिन्न् जिल्लाका व्यक्तिहरु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यो संगै बर्दियामा कुल संक्रमितको संख्या ४ सय ७ पुगेको छ ।