टोलटोलमा कोरोना सचेतनामा प्रहरी (फोटो फिचर)

शक्ति परियार । राजापुर
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम र नियन्त्रणबारे सचेतना फैलाउन प्ले कार्ड बोकेर प्रहरी टोली राजापुरको टोल–टोलमा पुगेको छ ।
स्थानीयसँग सहकार्य गर्दै सीमा प्रहरी चौकी गोडियानाको प्रहरी टोलीले मंगलबार विभिन्न चोक तथा टोलहरुमा सचेतनामूलक पम्प्लेटहरु लिएर पुगेको थियो । कोरोना संक्रमण समुदाय स्तरमा फैलिन नदिन स्थानीयलाई जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सीमा प्रहरी चौकी गोडीयानाका प्रहरी नायक निरीक्षक नरेन्द्रबहादुर शाहीले बताए । प्ले कार्डहरुमा ‘घरबाट बाहिर निस्किँदा वा यात्रा गर्दा अनिवार्य मास्कको प्रयोग गरौं’, कोरोनाबाट बच्न २ मिटरको भौतिक दूरी कायम गरौं’, लगायतका नाराहरु लेखिएका थिए ।