कोरोनाबाट नेपालगन्जमा ८० वर्षीया महिलाको मृत्यु

नेपालगन्ज : कोरोनाबाट बाँके जिल्लामा ८औं व्यक्तिको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार मंगलबार बिहान ७ बजे नेपालगन्ज १६ की ८० वर्षीया महिलाको मृत्यु भएको हो । २१ भदौदेखि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार उनको उपचार भइरहेको थियो । मधुमेह र उच्च रक्तचापको समस्या रहेकी उनलाई दुबै फोक्सोमा निमोनिया भएको थियो । योसँगै बाँके जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । नेपालगन्जमा मात्र कोरोनाबाट ५ जनाको मृत्यु भइसकेको छ ।