बाँके र बर्दियाका ५८ जनामा कोरोना संक्रमण

नेपालगन्ज : बाँके र बर्दियामा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा बुधबार ७ सय ३७ स्वाब परीक्षणमा गर्दा ५२ जना बाँकेका र बर्दियाका ६ जनालाई संक्रमण पुष्टि भएको हो । भेरी अस्पताल नेपालगन्जमा स्वाब संकलन गरिएका मात्र २० जनालाई कोरोना देखिएको छ । उच्च अदालत नेपालगन्जमा स्वाब संकलन गरिएकामध्ये २५ जनालगायत छन् ।