सैनिकसहित बाँकेमा ३६ संक्रमितले कोरोना जिते

नेपालगन्ज : बाँके जिल्लामा बिहीबार ३६ जनाले कोरोना जितेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुुसार नेपाली सेनाको कौशिलानगर आइसोलेसन, भेरी अस्पताल, होटल सिटी प्यालेस, खजुराको क्यान्सर अस्पताल आइसोलेसन गरी जिल्लाका विभिन्न आइसोलेसनबाट डिस्चार्ज भएका हुन् । योसँगै बाँके जिल्लामा डिस्चार्ज हुनेको संख्या ९ सय ५१ पुगेको छ । आइसोलेसनमा उपचार गराइरहेकाहरुको संख्या भने ३ सय ८६ छ ।