बाँकेमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगन्ज : बाँके जिल्लामा सोमबार थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार खजुराका ८, नेपालगन्ज र कोहलपुरका सात सात, बैजनाथ र राप्ती सोनारीका एक–एकसहित २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालनमा २७ जना र बागेश्वरी डाइग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टर नेपालगन्जको प्रयोगशालामा २ जनाको रिपोर्ट पोजेटिभ आएको हो । योसँगै बाँके जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार चार सय ६९ पुगेको छ । कोरोनाबाट डिस्चार्ज हुने एक हजार ३६ र आइसोलेसनमा ४ सय २५ रहेका छन् । जिल्लामा कोरोनाबाट अहिलेसम्म ८ जनाको ज्यान गइसकेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *