७० वर्षीय वृद्ध मृत अवस्थामा फेला

 मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर नगरपालिका–५ बसन्ताका ७० वर्षीय नरबहादुर ढोली नालामा मृत भेटिएका छन् ।
मृतकका काका प्रकाश ढोलीका अनुसार आइतबार घरबाट निस्केका निस्केका उनी सोमबार टीकापुर-९ खक्रौलास्थित पुरानो भन्सार कार्यालय नजिक नालामा डुबेको अवस्थामा मृत अवस्थामा भेटिएका हुन् । मृतकको शारीरिक र मानसिक अवस्था अलि कमजोर रहेको बताइएको छ । शव पोष्टमार्टम गर्नका लागि टीकापुर अस्पताल पठाएको लाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *