शनिबार बाँकेमा ४३ जनामा कोरोना पुष्टि

नेपालगन्ज : बाँके जिल्लामा शनिबार मात्र ४३ जनामा कोरोना पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार मध्यान्नमा २३ र साँझतिर २० जनामा कोरोना पुष्टि भएको हो । जसमा २३ पुरुष र २० महिला छन् । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा ३३, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा ८ र बागेश्वरी डाइग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टर नेपालगन्जको प्रयोगशालामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै बाँके जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार पाँच सय ९० पुगेको छ । कोरोना निको हुने एक हजार दुई सय तीन पुगेका छन् । आइसोलेसनमा उपचार गराइरहेकाहरुको संख्या तीन सय ७८ छ भने कोरोनाबाट ९ जनाको ज्यान गएको छ ।