अनलाइनमा २ दिने आनन्द उत्सव शिविर हुँदै

आर्ट अफ लिभिङको नेपालगन्जमा सम्पन्न आनन्द उत्सव कार्यक्रम । फोटो सौजन्य : सरोज रेग्मी

नेपालगन्ज : आगामी शुक्रबार र शनिबार नेपालगन्जमा दुई दिने आनन्द उत्सव शिविर आयोजना हुँदैछ ।
द आर्ट अफ लिभिङ नेपाल, नेपालगन्जको आयोजनामा बाँके र बर्दियाका साधकलाई लक्षित गरी अनलाइनमार्फत यो शिविर आयोजना गर्न गरिएको हो । आर्ट अफ लिभिङको आनन्द उत्सव (अनुभूति) अर्थात ह्याप्पिनेस प्रोग्राम सहभागी भइ सुदर्शन क्रिया सिकेका व्यक्तिलाई लक्षित गरी शिविर सञ्चालन हुन गइरहेको संयोजक संजय थापाले जानकारी दिए । ‘एक पटक ह्याप्पिनेस प्रोग्राममा सहभागी भएका व्यक्ति मात्र शिविरमा सहभागी हुन पाउँछन् । कोर्ष गरेर पनि लामो समयसम्म साधना नगरेका व्यक्तिका लागि त यो सुवर्ण अवसर नै हो’, संयोजक थापा आग्रह गर्छन्, ‘नियमित योग, ध्यान र प्राणायाम गर्न सक्यो भने कोरोनासँग लड्न रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्न सकिन्छ । आर्ट अफ लिभिङ परिवारका सदस्यलाई नियमित रुपमा साधनमा जोडेर स्वस्थ बनाउने पनि हाम्रो उद्देश्य हो । यो कार्यक्रम परिवारका सदस्य एकै थलोमा बसेर उत्सव मनाउने पनि हो ।’

आर्ट अफ लिभिङको बर्दियामा सम्पन्न आनन्द उत्सव कार्यक्रम । फोटो सौजन्य : सुष्मा शर्मा खनाल

आर्ट अफ लिभिङका नेपालका बरिष्ठ प्रशिक्षकहरुले तालिम दिनेछन् । आर्ट अफ लिभिङको आनन्द उत्सव कार्यक्रममा बाँके र बर्दियामा मात्र एक हजार भन्दा बढी व्यक्ति सहभागी भइसकेका छन् । उनीहरुको पुनर्ताजगीका लागि यो कार्यक्रम आयोजना गरेको स्वयंसेवक दिला शाह बताउँछिन् । कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिले यो लिङ्कमा क्लिक गरेर नाम दर्ता गर्नुपर्नेछ ।

द आर्ट अफ लिभिङका संस्थापक श्री श्री रविशंकर

तनाव रहित मन, रोग मुक्त शरीर र हिंसारहित समाज भन्ने मूल नाराका साथ विश्वभर क्रियाशील अध्यात्मिक संस्था द आर्ट अफ लिभिङका विश्वका १ सय ५७ भन्दा बढी देशमा शाखा छन् । योग, ध्यान, प्राणायाम, सेवा र शिक्षाका क्षेत्रमा यो संस्था परिचित छ । स्वयंसेवकमा आधारित विश्वका ठूला संस्थामध्ये आर्ट अफ लिभिङ पनि एक हो । आर्ट अफ लिभिङका संस्थापक अध्यात्मिक गुरु श्री श्री रविशंकर हुन् ।