बाँकेमा १९ संक्रमित डिस्चार्ज

नेपालगन्ज : बाँके जिल्लामा बिहीबार विभिन्न आइसोलेसनबाट १९ जना डिस्चार्ज भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार १५ पुरुष र ४ महिला डिस्चार्ज भएका हुन् । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसोलेसनबाट ७, भेरी अस्पतालको आइसोलेसनबाट ५, होटल सिटी प्यालेस आइसोलेसनबाट ४ र होटल न्यू इन्द्रेणीको आइसोलेसनबाट ३ जना डिस्चार्ज भएका हुन् । योसँगै बाँकेमा संक्रमित डिस्चार्ज हुनेको संख्या एक हजार तीन सय ५६ पुगेको छ । बिहीबार बिहानसम्म जिल्लामा कूल कोरोना संक्रमित एक हजार सात सय दुई जना रहेकोमा तीन सय ३५ जना आइसोलेसनमा छन् । कोरोनाबाट अहिलेसम्म ११ जनाको मृत्यु भइसकेको छ ।