नेपालगन्जका ६० वर्षका पुरुषको कोरोनाबाट मृत्यु

नेपालगन्ज : बाँके जिल्लामा कोरोना महामारीबाट शनिबार थप एक पुरुषको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुुसार शनिबार नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरका ६० वर्षका पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा अपरान्ह ४ः५६ मा कोरोनाबाट मृत्यु भएको हो । १५ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनलाई एन्टिबायोटिक्स र रेम्डिसिभिर लगायतका उपचार विधि अपनाउँदा पनि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । योसँगै बाँके जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।