बाँकेमा ४२ जना संक्रमित डिस्चार्ज

नेपालगन्ज : बाँके जिल्लामा शनिबार ४२ जना संक्रमित डिस्चार्ज भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका २३ पुरुष र १९ महिला डिस्चार्ज भएका हुन् । उनीहरु भेरी अस्पताल नेपालगन्जको आइसोलेसन, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको चिसापानी आइसोलेसन र बैजनाथ गाउँपालिकाको वनकटुवा आइसोलेसनबाट डिस्चार्ज भएका हुन् । योसँगै बाँकेमा एक हजार पाँच सय ८४ जना डिस्चार्ज भएका हुन् ।