कोरोनाबाट महेन्द्रनगरकी सुत्केरी महिलाको बाँकेमा मृत्यु

नेपालगन्ज : कोरोना भाइरस (कोभिड १९) नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कञ्चनपुरकी सुत्केरी महिलाको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार महेन्द्रनगर नगरपालिका २ की २९ वर्षकी सुत्केरी महिलाको आइतबार बिहान ४ः३० बजे निधन भएको हो । उनलाई गर्र्भावस्थादेखि नै रक्तश्राव भएको थियो । ३३ हप्तामा पहिलो पटक सुत्केरी भएपछि पनि रक्तश्राव भएको थियो । सेती अस्पतालमा सामान्य डेलिभरीबाट उनले जुम्ल्याहा सन्तान (एक छोरा र एक छोरी) जन्मिएका छन् । बच्चा जन्मिएपछि पाठेघरको अप्रेशन गर्नुका साथै ८ प्वाइन्ट होल रगत र ४ प्वाइन्ट प्लेटलेट रगत दिइएको थियो ।
१३ असोजमा कोरोना संक्रमण भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *