रक्षक सेक्युरिटिजद्वारा फुड बैंकलाई सहयोग

फुड बैंक व्यवस्थापन समितिलाई खाद्यान्न हस्तान्तरण गर्दै रक्षक सेक्युरिटिजका सञ्चालक जयनारायण शाह । फोटो : मेरो खुसी

नेपालगन्ज : रक्षक सेक्युरिटिज प्रा.लि.ले आइतबार नेपालगन्जमा सञ्चालित फुड बैंकलाई सहयोग गरेको छ ।
रक्षकको नेपालगन्जस्थित प्रादेशिक कार्यालयमा सञ्चालक जयनारायण शाहले, फुड बैंक व्यवस्थापन समितिका संयोजक तथा गैसस महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह, सदस्यहरु चन्द्र्रप्रकाश तिमिल्सैना र हेमराज भट्टलाई एक सय किलो चालम, ५ किलो दाल, १० लिटर तेल, १० किलो नुन, १०० वटा मास्क, १० किलो पिठो र ३० वटा साबुन हस्तान्तरण गरेका हुन् । काठमाडौंको बालुवाटारमा प्रधान कार्यालय रहेको रक्षकको नेपालगन्ज कार्यालयबाट प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेश हेर्ने गर्छ ।
आइतबार नै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्सेर राणाले नगरपालिकाबाट पाउँदै आएको पारिश्रमिक बापतको रकमबााट ५० हजार रुपैयाँको चेक फुड बैंक व्यवस्थापन समितिका समिति संयोजक शाहलाई हस्तान्तरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *