होम आइसोलेसनमा बसेका २६ सहित बाँकेमा ४८ डिस्चार्ज

नेपालगन्ज : बाँके जिल्लामा सोमबार ४८ जना संक्रमित डिस्चार्ज भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार २८ पुरुष र २० महिला गरी ४८ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा २६ जना होम आइसोलेसनमा बसेकाहरु छन् । योसँगै बाँके जिल्लामा कोरोना जितेर आइसोलेसनबाट डिस्चार्ज हुनेको संख्या एक हजार ६ सय ५० रहेको छ । जिल्लामा कूल कोरोना संक्रमित दुई हजार ५० रहेकोमा तीन सय ८० जना आइसोलेसनमा उपचार गराइरहेका छन् । कोरोनाबाट अहिलेसम्म २१ जनाले ज्यान गुमाएका छन् ।