भेरी अस्पतालमा विपन्नलाई आकस्मिक स्वास्थ्य सेवा निःशुल्क

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जले शनिबार (१ कार्तिक) देखि गरिब तथा विपन्न र बेवारिसे व्यक्तिलाई प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य उपचार निःशुल्क गर्ने भएको छ ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले शुक्रबार विज्ञप्ती जारी गरी आकस्मिक उपचार सेवा लिन आउँदाका बखत खर्च नभएका सेवाग्राहीहरु वा बेवारिसे नागरिकहरुलाई प्रारम्भिक चरणको आकस्मिक सेवा निःशुल्क घोषणा उपलब्ध गराउने जनाएका छन् । संंघीय सरकारको आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रम अनुसार भेरी अस्पतालसहित देशभरका १५ वटा अस्पतालमा यस्तो सेवा सुरु भएको छ ।