दसैं नजिकिएसंगै भारतबाट घर फर्किदै नेपालीहरु (फोटो फिचर)

नेपालगन्ज: कोरोना भाइरसका कारण लामो समय सम्म ठप्प भएको नेपालगन्जस्थित जमुनाहा नाकामा यतीबेला चहलपहल बढेको छ । कामका लागि भारत गएका नेपालीहरु दशैं मनाउन घर फर्किन थालेपछि भारतीय सीमावर्ती नेपालगञ्ज नाकामा चहल पहल बढेको हो । सीमा नाकामा विगतका बर्षहरुको तुलनामा भिडभाड केही कम देखिएपनि कोरोना त्रासका बाबजुद दैनिक रुपमा घर फर्किनेहरुको संख्या बढीरहेको छ । कोरोना भाइरस संक्रमितका हिसाबले विश्वकै दोस्रो स्थानमा रहेको मुलुक भारतबाट संक्रमण सर्ने त्रासकै बिच घर फर्किन पाउँदा उनीहरुको अनुहारमा खुसी देखिन्छ । तर, विगत बर्षहरुहरु जस्तो उल्लास भने यो बर्ष छैन । नेपालगन्जको जमुनाहा नाका हुँदै घर फर्किदै गरेका नेपालीहरुका केही फोटोहरु ।