बाँकेमा ११ पुरुष र ६ महिला संक्रमित डिस्चार्ज

नेपालगन्ज : बाँके जिल्लामा आइतबार विभिन्न आइसोलेसनमा बसेर १७ जना संक्रमित डिस्चार्ज भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार डिस्चार्ज हुनेमा ११ पुरुष र ६ महिला छन् । योसँगै जिल्लामा कोरोना निको भएर डिस्चार्ज हुने संक्रमितको संख्या २ हजार ३९ पुगेको छ । जिल्लामा कूल कोरोना संक्रमित २ हजार ६ सय ७३ रहेकोमा आइसोलेसनमा ६ सय २४ जना छन् । अहिलेसम्म कोरोनाबाट जिल्लामा २९ जनाको मृत्यु भएको छ ।