कोरोनाबाट बर्दियाका ४२ वर्षका पुरुषको निधन

नेपालगन्ज : कोरोना संक्रमणबाट बर्दियाका एक पुरुषको बाँकेमा निधन भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार ठाकुरबाबा नगरपालिका ६ का ४२ वर्षका पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा आइतबार बिहान ३ बजे निधन भएको हो । १४ असोजमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसोलेसनमा भर्ना भएका उनलाई १६ असोजमा कोरोना पुष्टि भएको थियो । २७ असोजमा उनलाई भेरी अस्पतालमा रिफर गरिएको थियो । योसँगै बाहिरी जिल्लाबाट बाँकेमा अस्पतालमा उपचार गर्न आएका कोरोना संक्रमितको मृत्यु संख्या १४ पुगेको छ ।