कोरोना पुष्टिको अर्को दिन २४ वर्षका पुरुषको मृत्यु

नेपालगन्ज : कोरोना भाइरस (कोभिड १९) बाट कञ्चनपुरका २४ वर्षका युवाको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार बेलाडी ४ का युवाको मंगलबार राति ७ः३० बजे नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ३ असोजमा कोरोना पुष्टि भएका ती युवाको अर्को दिन नै निधन भएको थियो । उनलाई मानसिक स्वास्थ्य समस्या पनि रहेको थियो । योसँगै बाहिरी जिल्लाबाट बाँकेका अस्पतालमा उपचार गर्न आएका व्यक्तिको कोरोनाबाट मृत्यु हुने संख्या १५ पुगेको छ ।