बाँकेमा ३६ पुरुष र १५ महिला संक्रमित डिस्चार्ज

नेपालगन्ज : बाँकेमा बिहीबार विभिन्न आइसोलेसनबाट ५१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार डिस्चार्ज हुनेमा ३६ पुरुष र १५ महिला रहेका छन् । जिल्लामा कूल कोरोना संक्रमित २ हजार ८ सय ४१ रहेकोमा डिस्चार्ज हुने मात्र २ हजार २ सय ७८ पुगेका छन् । जिल्लाका विभिन्न आइसोलेसनमा अब ५ सय ३४ जना संक्रमित छन् । कोरोनाबाट जिल्लामा २९ जनाको ज्यान गइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *