एकैदिन दाङका २ र नेपालगन्जका १ को कोरोनाबाट मृत्यु

नेपालगन्ज : बाँके जिल्लामा उपचारका क्रममा शनिबार एकैदिन ३ जनाको मृत्यु भएकोे छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा दाङ घोराही उपमहानगरपालिका–४ का ७० वर्षीय पुरुषको बिहान पाँच बजे, तुलसीपुर उपमहानगरपालिका–१८ का ७० वर्षका पुरुषको दिउँसो २ः४५ बजे र नेपालगन्ज उपमहानगरपालिका २० की ६० वर्षीया महिलाको साँझ ५ः३० बजे मृत्यु भएको हो । योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गर्न आएका कोरोना संक्रमित मृत्यु हुनेको संख्या १९ पुगेको छ भने बाँके जिल्लामा कोरोना संक्रमित मृत्यु हुने संख्या ३१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *