नेकपा (विप्लव) का ३ जिल्ला नेता बाँकेमा पक्राउ

नेपालगन्ज : नेपाल सरकारद्वारा प्रतिबन्धित नेकपा (विप्लव) समूहका ३ जना जिल्ला स्तरीय नेता बाँकेमा पक्राउ परेका छन् ।
बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाका अनुसार विप्लव समूहका बाँके जिल्ला कमिटी सदस्यद्वय भरत विक र रामबहादुर तिरुवाका साथै समूहको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) का बाँके जिल्ला अध्यक्ष डम्बरबहादुर शाही पक्राउ परेका हुन् । विक र तिरुवा कालिकोटका हुन् भने शाहीको घर अछाम हो । विप्लव समूहले विभिन्न गतिविधि सञ्चालन गर्न लागेको भन्ने सूचनाको आधारमा प्रहरीले उनीलाई पक्राउ गरेको हो । उनीहरुबारे अनुसन्धान भइरहेको जिप्रका बाँकेले जनाएको छ ।