रेडपाण्डाको छालासहित ४ पक्राउ

नेपालगन्ज : रेडपाण्डाको छालासहित बाँकेमा ४ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोहलपुर नगरपाकिका–११ बसपार्क स्थिल न्यू राप्ती होटलको कोठा नं. ४ बाट दुर्लभ वन्यजन्यु रेडपाण्डाको छालासहित
सुर्खेत बराहताल–५ का गणेश नेपाली, लालबहादुर नेपाली र चामुण्डा बिन्द्रासैनी–५ का दिनेश कार्की र उमेशबहादुर थापा पक्राउ परेका हुन् । उनीहरुबाट प्रहरीले २ फिट २ इन्ट लम्बाई भएको दुर्लभ वन्यजन्यु रेडपाण्डाको छाला थान १ फेला पारेको हो । राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा रेडपाण्डाको छालाको ओसारपसार गर्नेलाई १० लाख रुपैयाँसम्म जरिवाना र ५ वर्षदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *