लकडाउन यता जमुनाह नाकाबाट एकलाख नेपाली भित्रिए

नेपालगन्ज : चैत्र ११ गते लकडाउन भएयता नेपालगन्जको जमुनाहा नाकावाट हालसम्म करिव एकलाख नेपालीहरु नेपाल भित्रिएका छन । कोरोना महामारीका कारण मुलुक लकडाउन भएदेखि हालसम्म रोजगारीका लागि भारत गएका एकलाख नेपालीहरु घर फर्केका हुन ।
ईलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार कार्तिक १९ गतेसम्म एकलाख नेपाली भित्रिएका छन भने करिव ४९ हजार भारतीय नागरिकहरु भारत फर्केका छन । कोरोना महामारीकै बिच १३ हजार नेपालीहरु रोजगारीका लागि भारत गएको प्रहरीको तथ्याँकमा छ । इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज विष्णु गिरीका अनुसार तिहार नजिकिदै गरेको अवस्थामा समेत दैनिक करिव एक हजार जना नेपालीहरु भारत जानेगरेका छन । यसरी हुलका हुल मानिसहरु भारत जाने र उतावाट फर्केने क्रमबढेपछि जमुनाहा नाकामा व्यवस्थापन गर्न गाह्रो भएको उनको भनाई छ । नेपालगन्जको जमुनाहा नाकावाट साविकको मध्य तथा सुदुरपश्चिमका विभिन्न जिल्लावाट नेपालीहरु जाने आउने गरेका छन ।
पछिल्लो समय भारतले निर्वाध रुपमा आउन जान दिएपछि नेपालीहरु घर फर्किने र कामका लागि भारत जानेक्रम बढेको हो । कोरोना संक्रमणको हिसावले विश्वको दोस्रो नम्वरमा पर्ने मुलुक भारतमा नेपाली आउ जाउ बढेपछि यसले संक्रमणको जोखिम झनै बढाएको छ ।

तस्बिरः भगतराम थारु