सहकारीले असमान मूल्यमा धान खरिद गरेको भन्दै उद्योग वाणिज्य संघद्वारा प्रजिअलाई ज्ञापनपत्र

मुरली गोडिया । गुलरिया
बर्दियामा सहकारीले नै किसानको धान असमान मूल्यमा खरिद गरेको भन्दै ध्यानाकर्षण गराइएको छ ।
उद्योग बाणिज्य संघ जिल्ला समन्वय समिति बर्दियाले बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीलाई ध्यानाकर्षण गराएको हो । जिल्लामा सहकारीमार्फत १ सय १२ रुपैया सरकारी अनुदान प्राप्त गर्ने गरी निर्देशन गरे अनुरुप हाल आएर सहकारीले भिन्नभिन्न तारिकाले दररेट कायम गरी कतै २ हजार ४ सय ५० कहिं २ हजार ५ सय २५ कतै २ हजार ४ सय ७० प्रति क्न्टवीलमा धान खरिद गरिरहेको जनाउँदै बर्दियका प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराइएको उद्योग बाणिज्य संघ समन्वय समिति बर्दियाले जनाएको छ । बर्दियामा उत्पादन भएको धान ,गहुँलगायत अन्न बाली देशको उत्पादनको हिसाबले पाँचौं स्थानमा भए पनि यहाँका किसानहरुको समस्याको सम्बोधन कही कतैबाट नभएको उक्त ज्ञापन पत्रमा जनाइएको छ ।
सहकारीमार्फत धान खरिद गर्दा सरकारले प्रति क्वीन्टल १ सय १२ रुपैया अनुदानसमेत उपलब्ध गराउँदा पनि सहकारीले समर्थन मूल्यमा धान खरिद नगरेकोले सोका कार्यान्वयन अविलम्ब गराउन सम्बन्धित निकायलाई अनुरोध समेत गरिएको छ । अपुग हुने खाद्य वस्तु मात्र तथ्याङ्गको आधारमा कोटा निर्धारण गरेर मात्र आयात व्यवस्था मिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण पनि ज्ञापन पत्रमा गराइएको छ ।