बाँकेमा ३९ हेक्टरमा लसुन-प्याज खेती गरिँदै

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकाल बार्षिक कार्यक्रम सार्वजनिक गर्दै । फोटो : मेरो खुसी

नेपालगन्ज : बाँके जिल्लामा ३९ हेक्टर क्षेत्रफलमा लसुन–प्याज खेती गर्ने लक्ष्य रहेको छ ।
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले शुक्रबार नेपालगन्जमा आर्थिक वर्ष ०७७/७८ को बार्षिक कार्यक्रम सार्वजनिक गर्दै लसुन–प्याज खेतीका लागि प्रति हेक्टर एक लाख रुपैयाँका दरले ३९ लाख रुपैयाँ अनुदान पनि रहेको बताए । यो वर्ष बाँकेमा लसुन–प्याजको व्यवसायिक खेती गर्न १४ वटा व्यवसायिक फर्म र सहकारीले अनुदानका लागि दरखास्त दिएका छन् । लकडाउन यता लसुन र प्याजको अभाव भइरहेको छ ।