राजापुरमा हेल्थ डेस्क स्थापना

शक्ति परियार , राजापुर
बर्दियाको राजापुरमा सेवाग्राहीको सेवा प्रवाह छिटो छरितो होस् भन्ने उद्देश्यले हेल्थ डेस्कको स्थापना गरिएको छ । गेरूवा ग्रामीण जागरण संघ बर्दियाले सो डेस्कका लागि आवश्यक पर्ने भौतिक सामग्री दराज, टेबुल, कम्प्युटरलगायतका सामाग्री गरी २ लाख रुपैयाँ बराबर राजापुर नगरपालिकालाई हस्तान्तरण गरेको थियो। संघका अध्यक्ष कृष्णजंग शाहले राजापुर नगरपालिकालाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन ।
कार्यक्रममा बोल्दै राजापुर नगरपालिका प्रमुख शिवप्रसाद चौधरीले हेल्थ डेस्कबाट सेवा ग्राहिले छिटो छरितो सेवा पाउने भन्दै सहयोगी संस्थालाई धन्यवाद ज्ञापन गरेका थिए ।