स्थानीयतहवाटै सहुलियतपूर्ण कर्जा लगानी गर्दै राष्ट्रिय वाणिज्य बैंक


नेपालगन्ज : सरकारले २०७५ भदौ देखि सहुलियतपुर्ण कर्जाका लागि ब्याज अनुदान कार्यक्रम सुरु गरेको थियो । कार्यक्रम अन्तगर्त विभिन्न सात विधामा ब्याज अनुदानमा कर्जा सुविधा दिईने नीति लिएपनि उक्त नीति अधिकाँस नीजि बैंकहरुले कार्यान्वयन गरेका छैनन । दुईबर्ष बढी बितिसक्दा समेत बैंकहरुले सहुलियतपूर्ण कर्जा लगानीलाई प्राथमिकता नदिएपछि न्यूनमात्र युवाहरुले यस्तो सुविधा पाएका छन । सहुलियत कर्जा लगानी गर्न अधिकांस नीजि बैंकहरुले झन्झट मानिरहेका बेला राष्ट्रिय वाणिज्य बैंकले भने स्थानीयतहहरुसंग समन्वय गरी सहुलियतपूर्ण कर्जा कार्यान्वयनमा ल्याएको छ ।
अर्थ मन्त्रालयको कार्यक्रम अनुसार विभिन्न २७ वटा वाणिज्य बैंकवाट सहुलियत कर्जा लगानी गरी कार्यक्रम संचालन हुँदै आएकोमा बैंकका शाखाहरुले कम्तीमा १० वटा सहुलियतपूर्ण कर्जा लगानी गर्नुपर्ने छ । तर, सरकारको नीति नीजि बैंकहरुले कार्यान्वयन नगरेपछि राष्ट्रिय बाणिज्य बैंकले सम्भावना भएका स्थानीयतहसंग सम्झौता गरी कार्यक्रम कार्यान्वयन गर्ने गरी कार्यक्रम अघि बढाएको बाणिज्य बैंकका लुम्बिनी प्रदेश प्रमुख आनन्द सुवेदीले बताए ।
सहुलियतपुर्ण कर्जा लगानीका लागि लुम्बिनि प्रदेशमा पहिलो पटक बाँकेको खजुरा गाउँपालिकामा एक साता अघि सम्झौता गरीसकिएको छ भने तिहार लगत्तै बर्दियाको बढैयाताल गाउँपालिका र मधुवन नगरपालिकामा पनि सुरु गरिने प्रमुख सुवेदीले बताए ।
बाणिज्य बैंक लुम्बिनी प्रदेश कार्यालयका अनुसार बैंकले विभिन्न ७ शीर्षकमा प्रवाह गरिने सहुलियत कर्जा महिला उद्यमीका लागि एक दशमलव ६ प्रतिशत र अन्य कर्जामा २ दशमलव ६ प्रतिशत व्याज दरमा उपलब्ध गराईने छ । कार्यक्रम अन्तगर्त एक जना उद्यमीले कम्तीमा ७ लाख रुपैयाँदेखि बढीमा १५ लाख रुपैयाँसम्म बिना धितो ऋण पाउँछन् । कार्यक्रम क्रमस प्रदेशका विभिन्न जिल्लामा संचालन गर्ने तयारी भईरहेको कार्यालयले जनाएको छ । प्रमुख सुवेदीले
स्थानीयतहसंगको सम्झौता अनुसार सम्वन्धित पालिकाले सहुलियतपूर्ण कर्जा लिन ईच्छुक युवाको लगत संकलन गर्ने, दर्ता प्रकृयामा सहजीकरण, तालिम लगायत पालिकावाट सिफारीस गर्ने कार्यमा जिम्मेवारी वहन गर्ने छ । भने राष्ट्रिय बाणिज्य बैंकले नेपाल सरकारले तोकेको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान कार्यक्रम कार्यान्वयन गर्ने छ ।
सरकारले व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च र प्राविधिक तथा व्यवशायिक शिक्षा कर्जा र भुकम्प पिडितहरुको निजी आवस निर्माण कर्जामा व्याज अनुदान दिने गरेको छ । स्थानीयतहले निस्वार्थ ढंगले कार्यक्रम कार्यान्वयन गरेमा राष्ट्रिय वाणिज्य बैंक मार्फत अव गाउँ गाउँका युवाहरुले सहजै सहुलियतपुर्ण कर्जा पाउने सक्ने सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *