राजापुर बजारमा चहलपहल, गाउँ सुनसान

शक्ति परियार, राजापुर :

यसबर्ष तिहारको समयमा बर्दियाको राजापुर बजार स्थानिय उपभोक्ताले भरी भराउ भए पनि गाउँमा भने सुनसान छाएको छ।
कोरोना संक्रमणको जोखिम उच्च रहे सँगै यस वर्ष भारतीय बजारमा आउजाउ असहज भएपछि बजारमा किनमेल गर्नेको भिडभाड बढेपनि देउसी भैलो खेल्नेहरु भने विगतका बर्ष जस्तो देखिएका छैनन । जस्का कारण बजारमा तिहारको चहलपहल बढेपनि गाउँमा भने खासै रौनक नभएका हो ।


यसअघिका बर्षहरुमा दशैतिहारको समयमा रारतीय सिमावर्ती बजार तिकुनियामा जानेगरेपनि यसबर्ष कोरोना संक्रमणका कारण उपभोक्ताहरूे राजापुर बजारमा दैनिक उपभोग्य सामान किनमेल गर्न आउने क्रम रोकिएको छैन । राजापुर क्षेत्रमा सामान किनमेल गर्न आउने उपभोक्ता र व्यापारीले भौतिक दूरी कायम नगरेका कारण कोरोनाको जोखिम उच्च रहेको छ। सामान खरिद गर्न आएका राजापुरका एक शिक्षक राजकुमार उपाध्याय भन्छन् ‘राजापुरमा कोरोना आएको होइन, बोलाइएको हो, स्थानीयको यस्तो लापरबाहीले राजापुरमा कोरोना बढ्ने खतरा छ ।’ बजारमा सामान किनबेचका लागि भीड बढेको भएपनि गाउँमा भने यस वर्ष तिहारको चहल पहल देखिएको छैन ।