भाईटीकाको दिन २३ जनाले कोरोना जिते

नेपालगन्ज : बाँकेका विभिन्न आईसोलेसनबाट सोमबार विहान भाईटीकाको दिन २३ जना कोरोना जितेर घर फर्किएका छन ।
कोरोना संक्रमण भएपछि नेपालगन्जका आईसोलेसनमा बसेका ११ महिला र १२ पुरुष गरि २३ जना डिस्चार्ज भएका हुन । डिस्चार्ज भएसंगै उनीहरुले स्वास्थ्यका मापदण्ड पालना गर्दै यसबर्षको भाइटीका लगाउन पाउने भएका छन ।

बाँकेमा हालसम्म ३ हजार ३ सय १८ जनाले कोरोना जितरे घर फर्किएका छन भने बाँकेका २ सय ४५ र अन्य जिल्लाका २९ जना गरी २ सय ७४ जना बाँकेका विभिन्न आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।