बिक्री नहुँदा ६ वर्षदेखि ४ करोडको कपास गोदाममा

नेपालगन्ज : बाँकेको खजुरास्थित कपास विकास समितिको गोदाममा २०७१ साल देखिको कपास थन्किएको छ । समितिले कृषकवाट खरिद गरी प्रसोधन गरेर विक्रिका लागि तयारी अवस्थामा राखेको कपास बिक्रि नभएपछि गोदाममै थन्किएको हो । कपास विकास समिति खजुराका निमित्त प्रमुख विजयकुमार जोशीका अनुसार करिव ४ करोड मुल्य बराबरको २ सय ३ मेट्रिक टन प्रसोधित कपास ६ बर्ष देखि विक्रि नहुँदा गोदाममा थन्क्याउनु परेको छ ।
विगतमा हेटौंडा कपडा उद्योग र बुटबल धागो कारखानाले कपास खरिद गर्दै आएकोमा ति दुवै उद्योग बन्द भएपछि उत्पादीत कपास खेर जाने अवस्थामा आएको हो । सरकारी उदासीनताका कारण पश्चिम तराईका कृषकलाई कपास खेतीमा आत्मनिर्भर बनाई मुलुकमा आवश्यक पर्ने कपासको परिपुर्ति गर्ने उद्देश्यले स्थापना भएको कपास विकास समिति अहिले धरासायी बनेको छ ।