रहेनन् कोरोना संक्रमित नेता भुसाल

नेपालगन्ज : नेकपा बाँकेका जिल्ला कमिटी सदस्य चन्द्र भुसालको मृत्यु भएको छ ।
कोहलपुर नगरपालिका ५ तीनघरुवा निवासी ५८ वर्षीय कोरोना संक्रमित नेता भुसालको मंगलबार बेलुका नेपालगन्जमा मृत्यु भएको हो । उनी मुटुसम्बन्धी रोगबाट ग्रसित रहेका थिए ।
नेपालगन्ज मेडिकल कलेजमा कात्तिक २९ गते स्वाब दिएका नेता भुसालमा कात्तिक ३० गते कोरोना संक्रमण पुष्टि भएको  थियो । संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसन बसेका थिए । घरमा रहँदा स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार बिहान कोहलपुर मेडिकल कलेजमा भर्ना भएका उनको स्वास्थ्य स्थिति बिग्रदै गएपछि थप उपचारका लागि भेरी अस्पताल ल्याउँदै गर्दा अस्पतालमा भर्ना हुने क्रममा मंगलबार साँझ ५ः१५ बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ । योसँगै कोरोना संक्रमणका कारण बाँकेमा मृत्यु हुनेको संख्या ३७ जना पुगेको छ ।