नेपालगन्जमा बाक्लो कुहिरो (फोटो फिचर)

मेरो खुसी फोटो पत्रकार
नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा बुधबार बिहानैदेखि बाक्लो कुहिरो लागेको छ ।
बिहानको १० बजिसक्दा पनि घाम लागेको छैन । नेपालगन्जको न्यूनतम् तापक्रम अहिले ११ डिग्री सेल्सियस पुगेको छ । नेपालगन्जमा बाक्लो कुहिरो लागे पनि राँझा विमानस्थलबाट भने विमानहरु उडिरहेका छन् । जल तथा मौसम विज्ञान विभागको राँझास्थित हावापानी फिल्ड कार्यालयका नायव मौसम विज्ञान सहायक मीना सिवाकोटीका अनुसार विमान उड्न कम्तीमा १६ सय भिजिविलीटी चाहिन्छ । अहिले नेपालगन्जको भिजिविलिटी भने ५ हजारदेखि ६ हजार रहेको छ ।